नेपाल आदिवासी जनजाति अपाङ्ग संघको आयोजना Asia Indigenous Peoples pact (AIPP) को आर्थिक सहयोग  र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग युवा संघ नेपालको समन्वयमा आदिवासी जनजाति अपाङ्गता भएका महिला र युवाहरुको नेतृत्व विकास र निडा संस्थागत रणनीतिक योजना सम्बन्धि (Workshop On Leadership Development Of Indigenous Women And Youth With Disabilities And Drafting Institutional Strategic Plans Of NIDA) चार दिने कार्यशाला गोष्ठी २०७९ कार्तिक १३ गते काठमाण्डौमा सम्पन्न गरियो र कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरण संस्थाको रणनीतिक योजना र दोश्रो चरण नेतृत्व विकास । चौथो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा आदिवासी जनजाति अपाङ्गता भएका समूह व्यक्तिको सवालको बारे अत्यन्त सुश्म विश्लेषण गरि धाराको पनि धारा धारा शब्द शब्द केलाएर सटिक तथा सहभागिहरुले सहज रुपले बुझ्न सक्ने गरि सरल भाषामा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आदिवासी जनजाति विज्ञ अधिवत्ता तथा NIDA का कानुनी सल्लहाकार शंकर लिम्बुज्यूले । उहाँले नेपालको संविधान कानुन नीतिले आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरुलाई चिन्दैन । कानुनले नचिनेपछि आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरुको लागि योजना कार्यक्रम बन्दैन र बजेट पनि विनियोजन हुँदैन । तसर्थ अपाङ्गता अधिकार ऐन २०७४ नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि महासन्धि अनुरुप नभएकोले आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरुको पहिचान सहितको सम्मान हुने गरि ऐनको परिभाषामा राखिनु पर्छ त्यसको लागि ऐन संशोधन गरिनु पर्छ र वर्गिकरण पनि विश्वव्यापी परिभाषा अनुरुप बनाउनु पर्छ गम्भिरताको सँगसँगै अन्य विविधतालाई पनि आधार बनाउनु पर्छ । त्यो भनेको आर्थिक सामाजिक भाषिक जनजातीय भूगोल हो यसो गरिएमा मात्र विश्यव्यापी घोषणा पत्र अनुरुप हुनेछ अन्यथा अपाङ्गता भित्र विभेद कायम रहीरहनेछ त्यसको लागि आदिवासी जनजाति अपाङ्गता भएका समूह व्यक्ति र निडा जस्ता संघ संस्थाले चार पाच वटा काम गर्नु पर्छ । पहिलो वकालत र पैरवी यो गर्नको लागि आधार चाहिन्छ त्यो आधार भनेको कानुनी प्रावधान हो भन्दै नेपालको संविधानले IPWDs भनेर उल्लेख नगरेतापनि आदिवासी जनजाति र अपाङ्गताको अधिकारको बारे केहि व्यवस्था गरेको छ त्यसभित्रको वाक्य केलाएर हेर्नु पर्छ त्यो वाक्यांशले IPWDs को अधिकारलाई सम्वोधन गर्दछ । तर अन्तर्राष्ट्रिय कानुनले भने प्रस्ट रुपमा बोलेको छ ।

नेपाल पक्ष राष्ट्र भएकोले IPWDs आदिवासी  जनजाति अपाङ्गता भएका व्यक्तिहरुलाई संलग्न गराउन राज्यको दायित्व हुन्छ तसर्थ अपाङ्गता ऐन IPWDs अनुकुल बनाउनको लागि ऐन संशोधनको गर्नु पर्छ र निडाको नेतृत्वमा लाहुर्निपले रस्यवं म निडाको कानुनी सल्लाहकार भएको नाताले कानुनी सहयोग गर्न तयार छु भन्नु भयो । त्यसैगरि AIPP को बारेमा र AIPP ले अपाङ्गता सवालमा गरेको कार्यको सन्दर्भमा प्रकाश पार्नु भएको थियो AIPP का उपहासचिव डा. श्री कुमार महर्जन ज्यूले AIPP आदिवासी जनजतिहरुको एसिय स्तर संगठन हो जसले आदिवासी एसिया भित्रको आदिवासी जनजातिहरुको संघ संस्थालाई समन्वय गरि आदिवासी जनजातिहरुको सामूहिक अधकारको प्रवर्धन गर्नको लागि समन्वय सहकार्य गर्दछ । AIPP आफैमा दातृ संस्था होइन तर यसले अरु दातृ निकायसँग सहकार्य गरेर कार्य गर्दछ । AIPP मानेपालबाट पाँच वटा सदस्य संस्था छन् जस्तै नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ आदिवासी जनजाति युवा महासंघ र नेपाल आदिवासी जनजाति अपाङ्ग संघ । निडा कान्छो सदस्य संस्था हो यसले २०१६ मा सदस्यता प्राप्त गरेको हो । एसिया भरिकै अपाङ्गताको सदस्य संस्था भनेको निडा हो ।AIPP को वोर्डले भर्खरै अपाङ्गता समावेशी नीतिपास गरेको छ अब यसलाई प्रकृया पुराई साधारण सभामा अनुमोदन गर्नु पर्नेछ । त्यसको लागि सदस्य संस्थाहरुको महत्वपूर्ण भूमिका हुनेछ । AIPP ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि हाल सम्म सहकार्य मात्र गरिदै आएकोमा आगामि दिनमा साझेदारी गरेर जाने योजना बनाई रहेका छौ भन्नुभयो । आदिवासी जनजातिका प्रतिनिधिमुलुक संस्थालाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो आमन्त्रण स्वीकार गरि NIFW  का महासचिव शान्ति देवान Fo-NIJ का अध्यक्ष गजुर्धन राई NGO-FONIN  का राजु विक्रम चाम्लिङ्ग NIDWAN  उपाध्यक्ष गंगा छन्त्याल NIDYA- Nepal  का अध्यक्ष जीवन राना मगर र Society of Deaf-blind parents कालक्पा नुरु शेर्पा ज्यूको उपस्थिति रहेको थियो । प्रतिनिधिमूलक संस्थाका तर्फबाट NIFW  का महासचिव शान्ति राई Fo-NIJ का गजुर्धन राई NGO FoNIN का राजु विक्रम चाम्लिङ्गSociety of Deaf-blind parents काअध्यक्ष लक्पा नुरु शेर्पाले आ आफ्नो विचार राख्नु भएको थियो । उहाँहरुले आफू संलग्न संस्थाले अपाङ्गता सवालाई प्राथामिकरण गर्दै जाने विगतदेखि गरिदै सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।अध्यक्ष खड्ग सारु मगरले कार्यक्रम समापनमा सहभागि लगायत अतिथि र सहयोगी संस्थालाई धन्यवाद दिदै सल्लाहकार शंकर लिम्बुले दिनु भएको सुझाव अनुसार निडाको रणनीतिक योजनामा समावेश गरि कार्यान्वयन गर्ने र साथै रणनीतिक योजना ख्रेस्रा तयार भएपछि सबैं संस्थालाई मेल गरिने छ संस्थागत तथा विज्ञहरुको सुझाव लिई त्यसलाई पूर्णता गर्ने छ । निडाको संस्थागत रणनीतिक योजना बनाउन करिब १४ वर्ष लाग्यो त्यो पनि AIPP को सहयोगमा निडा AIPP को सदस्य संस्था थियो र नै यो सम्भव भयो ।यो महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न सहयोगि भूमिका निर्वाह गर्नु हुने AIPP का उप महासचिव श्री कुमार महर्जन ,  ‍प्रज्ञा राई ज्यूप्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रम अन्त्य गर्नु भयो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर