काठमाडौँ । हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर लाखौँ संगीतप्रेमी नेपाली दर्शक श्रोताहरुको प्रिय बनेका गायक गंगा प्रसाद घिमिरे अहिले चर्चाको शिखरमा छन् । विभिन्न कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक घिमिरेले नेपालभित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक घिमिरे लामो समयदेखि नर्वेमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । विदेशमा रहेर पनि उनले एकपछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफनो बेग्लै छवि बनाएका हुन् ।
उनले स्वर दिएका गीतहरु संगीतप्रेमी नेपाली दर्शक श्रोता माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । ‘पुर्बेली मायाले, बिन्दास जिउने हो, मारुनी, माया हौ, सिरफुल जस्ता हिट गीत गाएर सांगीतिक दुनियाँमा परिचय बनाइसकेका घिमिरे संसारभर छरिएर बसेका नेपालीबीच अहिले चिर परिचित गायकका रुपमा चिनिन्छन । दर्जनौ कार्यक्रममा लाखौ संगीतप्रेमी दर्शकहरुलाई मनोरंजन दिएर राम्रो आम्दानीको श्रोत बनाएका उनी नियमित गित रेकर्ड गर्न समेत समय ब्यबस्थापन गरिरहेका छन् ।
मोरङ पथरी शनिश्चरे–३ का स्थायी बासिन्दा उनी लामो समयदेखि निरन्तर नेपाली सुगम संगीतमा साधना गर्दै आफुलाई सांगीतिक क्षेत्रमा स्थापित बनाउन सफल रही निरन्तर चर्चामा नै रहेकाछन् । सधै ब्यस्त रहने गायक घिमिरेलाई आजकल पुर्बेली भाकाको किङ पनि भनेर चिनिन्छ । सरल स्वभावका सधै हाँसेर बोल्ने मिठो सुमधुर आवाजको धनी गायक घिमिरेले दर्जनौं राष्ट्रिय सांगीतिक अवार्ड र सम्मान समेत पाइसकेका छन् ।
नेपाली आधुनिक गित, गजल, लोकपप तथा पुर्बेली गितहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर