काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सबै सहकारी संस्था खराब नरहेको बताउनुभएको छ । तरकारी फलपूmल बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न २४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताउनुभयो ।
कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी फलपूmल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उपसभामुख रानामगरले उक्त सहकारी सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । उहाँले तरकारी बजारका व्यवसायीसँग कोभिड–१९ का बेला दुई वर्षसम्म सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै सहकारीले पनि आफ्ना शेयर सदस्यलाई धेरै किसिमका सेवा दिएको आफूले पाएको चर्चा गर्नुभयो ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलपूmल साकोस सुशासनमा चलेको आफूले पाएको चर्चा गर्नुभयो । सहकारीका सूचकाङ्कहरुको अध्ययन गर्दा यसले आफ्ना शेयर सदस्यलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, शेयर सदस्यको आर्थिक विकासमा टेवा पु¥याएको आफूले पाएको उहाँको भनाइ थियो ।
सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलपूmल साकोसको आर्थिक विवरणको सरसर्ती अध्ययन गर्दा सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुङ्गानालाई सम्मान गरिएको थियो ।

यसैगरी, सहकारी संस्थाका शेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिनुभयो ।

By jhorle

Share
झोर्ले खबर