नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।
नगरपालिका कमिटीको बैठकले बोगटीलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् ।
केही समय सक्रिय पत्रकारितामा जमेकी प्रभा पछिल्लो समय पार्टी संगठनमा केन्द्रित भएकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा विदुर नगरपालिकामा नेकपा(एमाले) उम्मेदवार सन्जु पण्डितले ९७१६ मत ल्याइ जितेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार ध्रुव प्रसाद अधिकारीले ८७४० र नेकपा(माओवादी केन्द्री)का उम्मेदवार लिलानाथ न्यौपानेले ४७३६ मत ल्याएका थिए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर