काठमाडौं । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । जिल्लामा ७ हजार २ सय ३० मत खसेको थियो । योगेशले ३९९६ मतसहित जितेका हुन् ।
नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन् ।
कांग्रेसले जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो । तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए । मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । नेविसंघको राजनीतिबाट योगेश पार्टी राजनीतिमा आएका थिए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर