टोकरपुर । मगर समुदायको बहुल्य रहेको रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा माघे सकराती पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । आइतवार एक सूचना जारी गर्दै सोको जानकारी सार्वजनिक गरेको हो । नि.प्रमुख प्रशासकीय अघिकृत नरेश महतोको हस्ताक्षरीत विज्ञप्ति अनुसार दोरम्बा शैलुङ गाउँपालिकामा बसोवास गर्ने मगर समुदायको माघे सक्रान्तिको अवसरमा गाउँपालिकाभर माघ १ र २ गते स्थानीय विदा दिएको छ ।
दोरम्बा शैलुङ गाउँपालिकामा माघे संक्रान्ति पर्वलाई मगर समुदायले धुमधामका साथ मनाउने गरेको छ ।

By jhorle

Share
झोर्ले खबर