ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गरेको छ । त्यसअघि नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीमा नगरप्रमुख गजेन्द्र महर्जनले नगरसभाको उद्घाटन गर्नुभएको थियो ।
नगरसभामा चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गरिएको थियो । प्रगति समीक्षा प्रतिवेदन नगर प्रवक्ता मिलन सिलवालले प्रस्तुत गर्नुभएको थियो । नगरसभामा नगरका सबै वडाध्यक्षको उपस्थिति थियो ।
नगरप्रमुख महर्जनद्वारा प्रस्तुत विषय र कार्यसूची नगरसभाले पारित गरेको छ । सभामा नगरप्रमुख महर्जनले नगरपालिकाको चालु आव २०८०÷८१ को हालसम्मको नीति, योजना तथा बजेटको प्रगति, बजेट तथा कार्यक्रम संशोधन, नगरपालिकाको शिक्षा ऐन, २०७९ पहिलो संशोधन, निर्माण कार्य÷वस्तुको प्रयोगशाला परीक्षण दररेट स्वीकृति सम्बन्धी, नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतसम्बन्धी कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।

By jhorle

Share
झोर्ले खबर