चिनियाँ राष्ट्रपति सी जीनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा हुने जी–२० सम्मेलनमा सहभागी हुनुहुने भएको छ । दुवै जना राष्ट्रपति बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने तयारीमा रहेका इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो ।
रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो ।
यसअघि अमेरिका र उसका पश्चिमी सहयोगी देशले पुटिन सहभागी हुने मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए । बेलायतले पुटिनलाई जी–२० समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बीबीसीले उल्लेख गरेको छ । यस्तै अमेरिका र चीनबीच पनि ताइवान विषयलाई लिएर तनाव बढिरहेको छ ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर