अपाङ्गता कहिले, कहाँ, किन र कसरी हुन्छ ? कसैलाई थाहा हुदैन । अपाङ्गता कुनै रोग होइन, अपाङ्गता अवस्था हो, शारीरिक रुपले असक्षमता भएपनि मानसिक रुपमा उनीहरु सक्षम र सवल हुन्छन भन्ने कुरा राज्य, समाज र परिवारले बुझ्नु पर्दछ । अपाङ्गता भएका व्यक्तिहरुको उत्थान, विकास, हित र पक्षमा काम गर्ने भनी स्थापित संघसंस्थाले यस सम्बन्धि सशक्त तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
नेपालको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरु त्यसमा पनि आदिवासी जनजाति, महिला, दलित अपाङ्गता भएका व्यक्तिहरु राज्यको मूल धारबाट टाढा रहदै आएको वर्ग हो । तसर्थ राज्यको हरेक अंगमा उनीहरुको जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता जब सम्म नीतिगत रुपमा गरिदैन तबसम्म बहिष्करणमा पारिएका अपाङ्गता भएका व्यक्तिहरुको विकास सम्भव छैन । यसको लागि अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्थाहरुले सक्रियताका साथ आवाज उठाई रहनु पर्दछ ।
भौगोलिक विकटता सञ्चार साधनबाट विमुख सम्पर्क र संसर्गमा अपाङ्गता भएको कारणले आउनु नसक्नु वा राज्य समाजले पनि ल्याउनु नचाहनुले नै अपाङ्गता भएका व्यक्तिहरु पछि परेको कुरामा दुईमत रहन सक्दैन । तसर्थ आजको विज्ञान प्रविधिको युगमा सञ्चार साधनले पृथ्वीलाई नै नजिक ल्याईराखेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु प्रतिस्पर्धामा उत्रिनु पर्दछ । राज्यले शिक्षा स्वास्थ्यमा अवसरको उचित वातावरणको सृजना गरिनु पर्दछ । साथै अपाङ्गता भएका व्यक्तिहरुको कमी कम्जोरीलाई विस्तारै त्याग्नु पर्दछ । त्यसो नभए अपाङ्गता भएका व्यक्तिहरु परम्परागतको संरचनामै अल्मलिरहने वा अल्मई राख्ने हो भने निश्चित रुपमा आधुनिक युगको तीव्र गतिमा अघि बढिराखेको अन्य समूहसँग अगाडि बढ्न सक्दैन । एकातर्फ यो छ भने अर्को तर्फ हाल सम्म अपाङ्गता भएका व्यक्तिहरुको विकास र संरक्षण तथा प्रवर्धनको लागि सञ्चालित जे जति कार्यक्रमहरु लक्षित समुहमा पुग्न सकिरहेको छैन । अर्थात ग्रामिण तहमा बसोबास गरेका अपाङ्गता भएका व्यक्ति त्यसमा पनि विशेष गरेर महिला,आदिवासी जनजाति दलित अपाङ्गता भएका व्यक्तिहरुले उपभोग गर्न पाएका छैनन् । पहुँचमा रहेका शहर बजारमा बसोबास गरिएका शिक्षित अपाङ्गता भएका व्यक्तिहरुले मात्र उपभोग गरेका छन् भन्दा फरक नपर्ला ।
यद्यपी २१ शताब्दीमा पनि अपाङ्गता भएका व्यक्तिहरुले मुक्ति पाउन सकिरहेको छैन । उक्त विषयमा ग्रामिण तहमा बसोबास गर्ने जो बहुसंख्यामा रहेका आदिवासी जनजाति, महिला र दलित समुदायका अपाङ्गता भएका व्यक्तिहरुको कुरा गर्नु पर्दा मुक्तिको कुरा त के यो विषयले प्रवेश नै पाएको छैन । यी तमाम विषयवस्तुलाई आम वहिष्करणमा पारिएका समुदाय भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको बिचमा छलफल गराउन र विषयवस्तुलाई प्रवेश गराउनुलाई सर्वप्रथम सचेतीकरणको कार्यक्रम आवश्यक पर्दछ । सवलीकरण तथा सचेतीकरण कार्यक्रमहरु गाँउ तहसम्म अभियानको रुपमा सञ्चालन गर्नु पर्दछ । अपाङ्गता भएका व्यक्तिहरुको हित र उत्थानको निम्ति स्थापित संघ संस्थाको कार्यक्षेत्र शहर केन्द्रित नभएर गाँउ केन्द्रित हुन आवश्यक छ ।
अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो उन्नती र प्रगतिको लागि आन्दोलित भईराख्नुपर्ने आवश्यक छ । विभिन्न समयमा भएको आन्दोलनले दिएको जनादेश अनुसार राज्यको पुनः संरचना गरी समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनु पर्दछ । जनादेशले दिएको म्यान्डेड विपरित राज्य सञ्चालकहरुको परिचालित हुदा नेपाली जनता त्यसमा अपाङ्गता भएका व्यक्तिहरुले ठूलै समस्या भोग्नु परेको घटनाहरु घाम झै छर्लङ्ग छ । अब बन्ने नयाँ नेपालमा पनि अपाङ्गता भएका व्यक्तिहरुको मर्म र भावनालाई पूर्ण रुपमा उपेक्षा गरिएको छ । यसको लागि आम अपाङ्गता भएका व्यक्तिहरु एकजुट भएर आन्दोलन गर्नुको विकल्प छैन । तर बिडम्बना अपाङ्गता भएका व्यक्तिहरको आन्दोलनले शसक्त र मूर्त रुप लिन नसक्नुको पछाडि धेरै कारण रहेका छैन । बेला बखतमा गैर – सरकारी संस्थाहरुको स्रोतको बलमा उठेको आन्दोलन बाहेक आफ्नै स्वत ः स्फूर्त आन्दोलन अहिले सम्म हुन सकेको छैन । अर्को तर्फ अपाङ्गता क्षेत्रका नेता तथा बुद्धिजीविहरु स्वतन्त्र हुन नसक्नु र आफु अनुकुल हुने गरि कुनै पाटीमा आवद्धता भईरहनु , अपाङ्गताको सवालमा पाटी भन्दा माथि उठ्न नसक्नु । हाम्रो प्रवृत्तिले हाम्रो आन्दोलनल कहाँ जाला प्रश्न गर्नु आवश्यक देखिन्छ ।
अपाङ्गता भएका व्यक्तिहरुले निधो गर्ने बेला आएको छ । आफ्नो अधिकार प्राप्त गर्न र समाजमा समाजिक जिवनयापन गर्न अन्य साङ्ग नागरिक सरह स्वाभिमानका साथ बाँच्ने हो भने अपाङ्गता क्षेत्रमा देखा परेका यी विकृतिको अन्त्य गरी नया सोच र विचारका साथ साझा मुद्दा सवालमा साझा ठाउँमा उभिनु जरुरी छ । अधिकार कसैको इसरामा खोज्नु भन्दा वास्तविकताको आधारमा स्वविवेकले पहल गर्नु पर्दछ । अपाङ्गता भएका व्यक्तिको हकमा विगतको विभेदकारी नीति नियमको अन्त्य गरी अपाङ्गता मैत्री नीति बन्नु पर्दछ । यसका लागि अपाङ्गता संघ संगठन अर्थात बहिष्करणमा पारिएका समुदायको लागि वा समावेशी चरित्रको मुद्दाको वहस गर्ने संघ संस्थाहरुले सोही अनुरुपमा व्यवहारिक रुपमा कार्यान्वयन गर्नु पर्दछ । नागरि समाज सामाजिक संघ संस्था लगायत राजनीतिक दलहरुले समेत समर्थन जनाई सहकार्य गर्न आवश्यक छ ।

खड्ग सारु मगर

अपाङ्गता भएका व्यक्तिहरु आफै गरिब भएका होइनन् समाज र राज्यले गरिब बनाएको हुन । गरिबी भनेको आम्दानी कम हुनु वा बाँच्नको लागि न्यूनतम आवश्यकता पूर्ति गर्न नसक्नु मात्र होइन । शिक्षा, स्वस्थ्य, चेतना आदिको समेतको न्यूनता हो । राज्यले पछाडि परेका वर्ग, जाति र समुदायलाई छुट्याएको कार्यक्रममा अपाङग्ता भएका व्यक्तिहरुलाई पनि समावेश गर्नु पर्दछ । पछि पारिएका र छेउ लगाएका वर्ग भनेर कार्यक्रम संचालन गर्दा त्यस क्षेत्र जाति र समुदायभित्र पनि अपाङगता भएका व्यक्तिहरु हुन्छन् भन्ने सोच्नु पर्दछ र सोही अनुरुप योजना तर्जुमा गर्नुपर्दछ ।
अपाङ्गता अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि(गलअचउम) का अनुसार विश्वमा चर्को मार अपाङ्गता भएका व्यक्तिहरुले खेपिरहेका छन् । गरिबीको यो अवस्था हाम्रोजस्तो विकासोन्मुख मुलुकमा झन्् डरलाग्दो रहेको छ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या यकिन गर्ने भरपर्दो आधारमा नभए तापनि विश्व स्वास्थ्य संगठन(धजय)ले १९८१ म् गरेको अनुसन्धान अनुसार विश्वका हरेक विकासोन्मुख देशको कूल जनसंख्याको १० प्रतिशत जनसंख्या अपाङगता पर्नेछ भन्ने मान्यता रहेको छ । नेपालमा पनि १० प्रतिशतले करिब २४ लाख अपाङ्गत अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । तर विगतको द्वन्द्व र गरिबीको कारण अपाङ्गता भएका व्यक्तिहरुको संख्याको ३० लाखको हाराहारीमा रहेका वकालत अपाङ्गता अधिकार क्षेत्रमा कार्यरत संघसंस्थाहरुले गरिरहेका छन् । २०६८ को राष्ट्रिय जनगणनामा उल्लेख गरिर अनुसार कूल जनसंख्याको झन्डै २ प्रतिशत(१.९४ प्रतिशत) अर्थात कूल जनसंख्या २,६४, ९४,५०४ मा ५,१३,३२१ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यस्तै युनिसेफको एक अध्ययनअनुसार कूल संख्याको झन्डै ४९.०३ प्रतिशत अपाङगता भएका व्यक्तिहरुले आफ्नो स्याहार तथा हेरचाह स्वयम्ले गर्नुपर्ने अवस्था छ । ३० प्रतिशत अपाङगता भएका व्यक्तिहरुलाई बिरामी पर्दासमेत आफ्नो घर परिवारले उपचारको लागि अस्पताल लाने गरेका छैनन् । झन्डै ८३ प्रतिशतले आफ्नो अधिकारका बारेमा छैन । ६८.२ प्रतिशत निरक्षर छन् । ८० प्रतिशत परिवारप्रति निर्भर रहेका छन् । ७०.०१ प्रतिशत अपाङगता भएका व्यक्तिले समाजमा सम्मानित जीवन निर्वाह गर्न सकेका छैनन् ।
अतः यस्तो अवस्थामा रामेछाप नगरपालिका भित्र अपाङगता भएका व्यक्तिहरुको फोटोसहित तथ्याङक लिने कार्य आफैमा महत्वपूर्ण रहेको छ । यसमा सबैको सकारात्मक सहयोग रहेको छ भन्ने विश्वास समेत लिएको छु ।
लेखक नेपाल आदिवासी जनजाति अपाङ्ग संघका अध्यक्ष हुन् । (२०७३ साउन ३२ गते झोर्ले साप्ताहिक पत्रिकामा प्रकाशित)

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर