रामेछाप । सुनापति गाउँपालिकाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार ठूलोकान्छा तामाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका दिपेन्द्र खड्का(कमान)लाई पराजित गर्दै तामाङ निर्वाचित भएका हुन् । तामाङले ५३९८ मत प्राप्त गर्दा खड्काले ४८५१ मत प्राप्त गरेका हुन ।
त्यस्तै उपाध्यक्षमा गीता बिष्ट चौलागाईं दोस्रो कार्यकाल पनि निर्वाचित भएका छन् । चौलागाईले ५३६० मत प्राप्त गर्नु भएको छ भने काग्रेसकी उपाध्यक्ष उम्मेदवार शान्ति तामाङले ५०६८ प्राप्त गरेका छन् ।
