सिन्धुली । सिन्धुली जिल्लामा सत्तारुढ पाँच दलिय गठबन्धन मध्ये नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीयत तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरी भागबण्डा टुङग्याएका छन् ।
सिन्धुलीमा रहेका सत्तारुढ गठबन्धन मध्ये चार राजनीतिक दलको चार दिनसम्मको छलफलमा पालिका भागबण्डाको कुरा नमिलेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले उक्त भागबण्डा टुङग्याएको जनाएका छन् । उक्त गठबन्धनको सिन्धुली जिल्ला संयन्त्रले बिहिबार पत्रकार सम्मेलन गरी स्थानीयत तहको प्रमुख र उपप्रमुखको भागबण्डा टुङग्याएको सार्बजनिक गरेको छ ।
दुई राजनीतिक दल बिच भएको लिखित सहमति अनुसार सिन्धुलीका नौ वटा स्थानीय तह मध्ये पाँच वटामा प्रमुख नेपाली काँग्रेसले र चार वटामा प्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको उक्त गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
त्यस्तै उपप्रमुख चार वटा नेपाली काँग्रेस र पाँच वटा नेकपा (माओवादी केन्द्र)ले पाएको छ । यसअघिको स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसले जितेको तीनपाटन गाँउपालिका, गोलन्जोर गाँउपालिका, घ्याङलेख गाँउपालिका, कमलामाई नगरपालिका र फिक्कल गाँउपालिकाको प्रमुख नेपाली काँग्रेसले पाएको छ । यि पालिकामा उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ ।
यसअघिको स्थानीय तह निर्बाचनमा नेकपा (माओवादील केन्द्र)ले जितेको मरिण गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका, सुनकोसी गाँउपालिका, दुधौली नगरपालिकाको प्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ । यि पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ ।
२०७४ सालको स्थानीय तह निर्बाचनमा नेकपा (एमाले)ले जित हातपारेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाँउपालिका सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बाँडफाँड गरेका हुन् । वडाको उमेद्वारको हकमा बैशाख १० गते ११ बजेभित्रमा वडा स्तरिय संयुक्त निर्बाचन परिचालन संयन्त्र बनाई सम्बन्धित वडाको उम्मेद्वार छनौटमा साझा धारणा बनाई जिल्ला संयन्त्रमा लिखित पेस गर्ने निर्णय भएको जिल्ला संयन्त्र संयोजक पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त संयन्त्रको बैठकले निर्बाचनसँग सम्बन्धित औपचारिक सभा संयुक्त रुपमा गर्ने, एक अर्काको आलोचना नगर्ने र निर्बाचन अवधिभर गठबन्धन दल भित्रका नेता कार्यकर्ता पार्टी प्रवेश नगर्ने नगराउने निर्णय गरेको छ । सिन्धुली जिल्लामा गठबन्धनमा रहेका बाँकी नेकपा (एकिकृत समाजबादी) र जनता समाजवादी पार्टीले भने स्थानीय तकको प्रमुख र उपप्रमुख हात पार्न सकेका छैनन् । यि दुई दलमध्ये नेकपा (एकिकृत समाजबादी)लाई जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उक्त समितिको उपप्रमुख दिने तयारी भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालले जानकारी दिनुभयो ।
नेकपा (एकिकृत समाजबादी) र जनता समाजवादी पार्टीलाई उनीहरुको बलियो सङगठन रहेको वडामा जिताउन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सहयोग गर्ने उहाँले बताउनुभयो । गठबन्धन भित्रैकै नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष सुर्य पाख्रिनले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र)ले गरेको स्थानीय तह प्रमुख, उपप्रमुखको सिट बाडफाँट आफुहरुलाई जानकारी नभएको बताउनुहभयो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर