काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा संविधानविद् राधेश्याम अधिकारीले संघीयताको विरोध गर्दै आगामी संघीय निर्वाचनमा जान खोजेमा मुलुक संकटमा पर्ने बताएका छन् । प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार पनि संघीय सरकारले कानुन बनाएर हस्तान्तरण नगरेको अवस्थामा संघीयताको विरोधमा नेपाली कांग्रेस उभिन नहुने धारणा राख्नु भएको छ ।।
सरकारको नेतृत्व गरिरहेको कांग्रेस संघीयताको विरोध गर्दै चुनावमा जान नहुने अधिकारीको भनाइ थियो । ’आज संघीयतालाई बहसको मुद्दा बनाएर चुनावमा जानुहुन्छ र संघीयताको विरोध गर्नुहुन्छ भने मान्नुस् तपाइँ ठूलो राष्ट्रिय संकटमा पर्नुहुन्छ । किनभने त्यसको निम्ति प्रदेशहरू तयार छैनन्,’ उनले भने, ’त्यसकारण संघीयताको मामिलामा कांग्रेस स्पष्ट हुनुप¥यो । हामी संघीयताको पक्षधर छौं । संघीय निर्वाचनमा हामीले जित्यौं भने हामी यी यी कानुन बनाउनेछौं भन्नुपर्छ ।’
प्रदेश र स्थानीय तहलाई संविधानले तथा अभ्यासमा एकपटक दिइसकेका अधिकार केन्द्रले खोस्न नसक्ने र त्यसो गर्न खोजिए परिणाम नकरात्मक हुने अधिकारीको भनाइ थियो । प्रदेश तह खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला उनले भने, ’एकचोटि दिइसकेको, पाइसकेको अधिकार खोस्न खोज्दाखेरिका परिणाम के के हुन्छन् भन्ने कुरामा विचार पु¥याउनुस् ।’
सरकारमा हुँदा संविधानले प्रदेश तहलाई सुनिश्चित गरेका अधिकार नदिने अहिले भने व्यवस्थाबारे नै नकरात्मक अभिव्यक्ति दिन नमिल्ने अधिकारीको भनाइ थियो । प्रदेश सरकारलाई जुन किसिमले असफल भनिइरहेको छ त्यसको दोषि प्रदेश सरकारहरू भन्दा पनि संघीय सरकार रहेको उनको तर्क थियो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर