गोरखा । शहीद लखन गाउँपालिकामा प्रहरी चौकी, घैरुङ्गको उद्घाटन भएको छ । शनिवार पालिका स्तरीय प्रहरी चौकी उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, विशेष अतिथिहरु गोरखा जिल्ला प्रहरी उपरीक्षक शेखर खनाल, उपअनुसन्धान निर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी निरिक्षक भाष्कर बस्नेत, अतिथिहरु वडा नं ५ का वडाध्यक्ष यमबहादुर राना मगर, वडा नं ९ का वडाध्यक्ष रामप्रसाद लामिछाने, कार्यपालिका सदस्य नारायण बाबु बराम, नेपाली कांग्रेस प्रदेश १(क) सभापति खुन प्रसाद रेग्मी, नेकपा माओवादी(केन्द्र) गण्डकी प्रदेश कमिटि सदस्य रमेश श्रेष्ठ, नेकपा माओवादी(केन्द्र) शहिद लखन गाउँ कमिटि उपाध्यक्ष धुव्र खनाल,नेकपा माओवादी(केन्द्र) शहिद लखन वडा नं ६ अध्यक्ष अचल गुरुङ्ग, वडा नं ६ का वडा सदस्यहरु केशर बहादुर श्रेष्ठ, लिना थापा, पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने, घैरुङ्ग स्वास्थ्य चौकी इन्चार्ज इश्वर कुमार श्रेष्ठ, प्रहरी चौकी ताङ्लीचोकका कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक यमप्रसाद पौडेल, गाउँपालिका कर्मचारीलगायत सर्वसाधरण कार्यक्रममा उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शेखर खनालले नागरिकको सही सूचना नै प्रहरीको लागि प्रमुख हतियार भएको र कानूनको उल्लघंन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन नेपाल प्रहरी लागि पर्ने र अपराधमूक्त समाज निर्माण गर्न नागरिक र प्रहरीबीच सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शंखरहरी आचार्यले विना भेदभाव नेपाल प्रहरीले सेवा प्रवाह गर्नुपर्ने, चुनावको घोषणा भएकाले जोखिम संम्भावित क्षेत्रको पहिचान गर्नुपर्ने र प्रहरी चौकी, घैरुङ्ग स्थापनाका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । कार्यक्रममा पालिका अध्यक्ष रमेशबाबु थापा मगरले सुशासन र अमनचयन कायम गरी विकृति विसंगतिलाई कमी गर्न प्रहरी चौकी स्थापनामा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव तथा संघ संस्थाहरुलाई गाउँपालिकाको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य रामचन्द्र गिरीले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पूर्ण बहादुर गजहरातले गर्नुभएको थियो ।

तस्वीर : शहिद लखन गाउँपालिका

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर