काठमाडौं ।  AIPP/ Ford Foundation को आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति अपाङ्ग संघको आयोजनामा २०८० साउन २२ गते काठमाडौंमा आदिवासी जनजाति, महिला र आदिवासी अपाङ्गता भएका, युवाको संलग्नता र नेतृत्व अभियानमा राष्ट्रिय स्तरको कार्यशाला कार्यक्रम २० जना आदिवासी जनजाति अपाङ्गता भएका युवाहरु आदिवासीजन्य संस्थाका प्रतिनिधिहरु वडाका प्रतिनिधिहरु गरि ३५ जनाको सहभागितामा सम्पन्न गरियो ।


विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा भएको कार्यशालामा स्रोत व्यक्तिको रूपमा सामाजिक अभियान्ता प्रनिका कोयु,आदिबासि युवा अभियान्ता प्रविण शाक्य एवं लाहुर्निपका उपाध्यक्ष निडाका कानुनी सल्लाहकार अधिवक्ता शंकर लिम्बुले प्रस्तुति दिएका थिए ।
प्रस्तुतिको क्रममा युवा अभियान्ता प्रविन शाक्यले युवाको परिभाषा मापदण्ड भूमिका आदि विषयमा आफ्नो प्रस्तुति दिएका थिए । संसार भरिनै युवाको निश्चित उमेर एउटै नभएको हुँदा हरेक ठाउँको मापदण्ड फरक हुन सक्ने कुरा बताएका थिए। युवाहरूले आफ्नो नेतृत्व क्षमता बढाउने हो भने आफैले अगुवाइ लिनुका लागि कुनै पनि संस्थामा आवद्ध हुनु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । अगाडि उनले कुनै ठुलो संजाल अथवा ठुलो राजनैतिक दलको नेता हुनुलाई मात्र नेतृत्व विकाश नभनेर हामीले हाम्रो मुद्दामा कटिबद्ध भएर आफ्नो विषयहरूलाई अगुवाइ गर्न सक्नु आफैमा नेतृत्वको अनुपम उदाहरण भन्न सकिन्छ । उनले लप्सिफेदिमा तामङहरूले गरिरहेको संघर्ष बारे पनि उल्लेख गरेका थिए । थप उनले युवाहरू आफ्नो एउटा विषयमा विज्ञता विकास गर्ने हो भने निश्चयनै एकदिन नेतृत्वमा पुग्न सकिने कुरा बताए ।


दोस्रो सत्रमा अभियान्ता प्रनिका कोयुले युवाहरू निर्णायक ठाउँमा पुग्नु पर्ने कुरा उल्लेख गरेका थिए। युवाहरूमा पनि महिलाहरूको समाबेशितामा विशेष ध्यान दिनु पर्ने कुरा उल्लेख गरेका थिए । अन्तरक्षेदिय दृष्टिबाट मुद्दालाई हेर्दै पछाडि परेका समुदाय र समूहलाई प्राथमिकता दिइनु पर्ने कुरा उल्लेख गरेका थिए ।


सोहि कार्यशालामा अधिवक्ता शंकर लिम्बुले संयुक्त राष्ट्रसंघको विशेष समादिक्षकको भुमिका र समादिक्षकसंग संवाद गर्दा कुन विषय कसरी राख्ने भन्ने विषयमा पनि प्रशिक्षण गर्नु भएको थियो । समादिक्षकको प्रतिवेदनमा हाम्रो विषय र मुद्दा पर्नु कति महत्वपूर्ण छ र हाम्रो घरेलु ऐनलाई कसरी प्रभाव पार्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो प्रस्तुतिमा उल्लेख गरेका थिए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर