काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा लोकनाथ पौड्यालले पदबहाली गरेका छन् । ७ पुसको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।
महानगर भवनको ठेक्काको भ्रष्टाचार मुद्दाबाट उम्काइएका राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा भएका छन् ।
२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन् । उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर