काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।
थापाले हार स्वीकारे
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’
खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।


पुरुष तथा महिला केन्द्रीय सदस्यको खुल्ला प्रतिस्पर्धाबाट ५७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये डा. राजेश गिरीलाई सबैभन्दा लोकप्रिय मत प्राप्त भएको छ । उनले २२५८ भोट ल्याएका छन् ।
परिणाम अनुसार मुस्लिम खुल्ला केन्द्रीय सदस्यतर्फ मदिना खातुन, ताहिर अलि र अन्जरा आलम निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट मदिना खातुनले ल्याएकी छन् । उनले १७५४ भोट ल्याएकी छन् ।
महिला खुल्लातर्फ ४७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट कुन्तीदेवी पोखरेल आशा लामा र पवित्रा गिरीलाई प्राप्त भएको छ । कुतीले २०८० भोट प्राप्त गरेकी छन् ।
मधेसी खुल्लातर्फ ११ जना निर्वाचित भएकोमा ११ जना निर्वाचित भएकोमा मोहनप्रसाद यादवलाई सर्वाधिक १९५२ भोट प्राप्त भएको छ ।
आदिवासी जनजाति खुल्लातर्फ १४ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट आङनीमा शर्पालाई प्राप्त भएको छ । उनले २०२५ भोट ल्याएकी छन् ।
खुल्ला केन्द्रीय सदस्यमा कमल थापाका भाइ गणेश थापा र उनका छोरा अभिशेक थापा विजयी भएका छन् । कमल थापाकी छोरी प्रतिष्ठा थापाले पनि महिला केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर