सिंगार्चे । नेकपा(एमाले) दोरम्बा शैलुङ गाउँपालिका कमिटीको सात वटै वडा मध्ये ६ वटा वडामा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । ६ वटै वडामा सर्वसम्मत रुपमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवलगायत पदाधिकारी चयन गरिएको हो । वडा नं. १ मा भने ८ गते वडा अधिवेशन गर्ने जनाएको छ ।
नेकपा (एमाले) दोरम्बा शैलुङ वडा नं २ को वडा अधिबेशनबाट अध्यक्ष – श्याम थापा मगर, उपाध्यक्ष – मान ब. तामाङ, सचिब –ओम ब मोक्तान, उपसचिव –श्याम लाल बि.क, उपसचिव –सानू मोक्तानलगायत सर्बसम्मत चयन भएको छ ।
वडा नं ३ को वडा अधिबेशनबाट अध्यक्ष –भिम बहादुर मगर, उपाध्यक्ष जनक खड्का, सचिव राजकुमार नगरकोटी, उपसचिव–रण बहादुर थापा मगर, उपसचिव–चन्द्र बहादुर थापा मगरलगायत रहेका छन् ।
वडा नं ४ को वडा अधिबेशनबाट अध्यक्ष– अन्जन थापा मगर, उपाध्यक्ष–खडानन्द मगर, सचिव– संजीव लामा, उपसचिव–कृष्ण बहादुर मगर, उपसचिव–प्रेम बहादुर तामाङलगायत रहेका छन् ।
वडा नं ५ को वडा अधिबेशनबाट अध्यक्ष – सिद्द ब थापा मगर, उपाध्यक्ष – डम्बर श्रेष्ठ, सचिव – मीन ब. थापा मगर, उपसचिव – गणेश नगरकोटी, उपसचिव – कान्छाराम तामाङ लगायत रहेका छन् ।
वडा नं ६ को वडा अधिबेशनबाट अध्यक्ष – जमानसिं तामाङ, उपाध्यक्ष – होमराज लामा, सचिब – टंक प्रसाद सापकोटा, उपसचिव – तुलप्रसाद गौतम, उपसचिव – राजकुमार गौतमलगायत रहेका छन् ।
वडा नं ७ को वडा अधिबेशनबाट अध्यक्ष – कुसुम दोर्जे तामाङ, उपाध्यक्ष – सुर्य लाल तामाङ, सचिब – शेर ब. लामा, उपसचिव – धन ब थापामगर, उपसचिव – यज्ञ ब श्रेष्ठ लगायत रहेका छन् ।
वडा नं. १ को प्रथम वडा अधिवेशन भने ८ गतेका लागि तोकिएको छ ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
कार्तिक ७ गते दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ को प्रथम वडा अधिवेशन तस्वीरहरु

 

 

 

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर