काठमाडौं । प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका पुराना अधिकांश मन्त्रीलाई हटाएर ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
ओलीले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् । अब सरकारमा ३ जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र २ जना राज्यमन्त्री रहने भएका छन् । मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।
स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
हेर्नुहोस् नयाँँ मन्त्रीहरुको नामावली –
१.प्रधानमन्त्री केपी शर्मा ओली –रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
२.विष्णु पौडेल –उपप्रधानमन्त्री, अर्थ
३.राजेन्द्र महतो –उपप्रधानमन्त्री, शहरी विकास
४.रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
५.शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
६.कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
७.बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
८.लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
९.शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
१०.अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
११.विमल श्रीवास्तव – श्रम तथा रोजगार
१२.उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
१३.लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
१४.चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
१५.एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
१६.चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
१७.रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
