रौतहट । मधेश प्रदेशको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १ , नूनथरमा प्रथम शहीद लखन थापा मगरको स्मृति पार्क तथा शालिक अनावरण हुने भएको छ ।
वडाध्यक्ष वीरबहादुर रखाल मगरका अनुसार आइतवार मगर दिवस(फागुन १५)को अवसरमा पार्क र शालिक उद्घाटन हुने बताउनुभयो । पार्क र शालिक निर्माणमा ३ लाख डिपीआरसहित ३६ लाख खर्च भएको बताउनुभयो । पार्क र शालिक उद्घाटन मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री शत्रुधन महतोले गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आइतवार (फागुन १५ गते) मगर दिवसको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख रामचन्द्र चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल मगर संघको ४० औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै चन्द्रपुर नगरपालिकाको कार्यालय, वडा कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा विदा दिने उल्लेख छ ।

