लाहुरेको यात्राहरु अबिषमणीय नै हन्छन् । मगर गुरुङको लाहुरे हुने चलन चल्ती नै हुदै आएको छ । लाहुरे बन्ने साढे सोह्रो बर्षदेखि २२ बर्ष नकाटेको हुनुपर्ने छ । लाहुरे चलन चल्ती नै भएको छ , अर्थात पूर्खौली पेशा नै भनम ।
लाहुरे बन्न दश पास भए पुग्ने भएकाले अधिकाश यूवा भर्ती देखाउन तिव्र इच्छा राख्दै जवानीले पाईला टेक्दानटेक्दै छाती नपाउन क्याम्प तिर दौडन्छन् ।
प्रायः यूवाहरु भर्ति हुनका निम्ति तालिम केन्द्र धाउने गर्दछन् । लामो तालिम केन्द्र र कठिन प्रशिक्षण पछि प्रत्येक बर्ष धरानको घोपा क्याम्प र पोखराको ब्रिटिश क्याम्प धाउँने गर्दछन् ।
लाहुरे बन्न बिभिन्न चरणहरु पास गर्नु पर्ने हुन्छ । भर्ति देखाउँद स्वास्थ्य स्फूर्ति र राम्रो व्याम भएपछि दोस्रो चरणका निम्ति पूर्ब र पश्चिमका यूवाहरु पोखरा धाउँने गर्दछन् ।
लाहुरे भन्ने बित्तिकै बिधमान सोच रहेका हाम्रा समाज पढाई लेखाई खासै चासो नरहेको देखिन्छ । यसरी हेर्दा आदिबासी जनजाति समुदाय खासै राज्य संरचनाको अँगहरुमा पुगेको पाईदैन । हामीले हाम्रो राज्य प्रति दिने योगदान त दियौँ, तर उच्च ओहदामा पुग्न सकेका छैनौ । यसरी सम्पूण जातजातीलाई समेट्न नसक्नु दुरभाग्य भनौ या राज्य संरचनामा एकल जाति सयन्त्र भएको भनौं । यति धेरै दमन र शोषण हुदाँ पनि शासक प्रति बहादुरीको पगेरी, उनीहरुको पाउँ मोल्न तयार हुन्छन् ।
नेपाल एकीकरणको अभियान इतिहास अध्ययान गर्ने हो भने, आज बेलायतीले छानी रोजी आफ्नो गुलामी बनाउन लैजाने जातिकै सेनाले नेपाल एकीकरण यात्रामा आफ्नो बहादुरी प्रदर्शन गरेको भेटिन्छ । यसैलाई साक्षी मानी बीर नेपाली र बहादूरी गोर्खाली बेलायतीले दिएको पगरी होईन, भन्ने कुरा स्पष्ट बुझ्न जरुरी छ ।
हामी आदीबासी पिछडीएका तमाम जनसमुदाय सक्षर र राजनैतिक चेतना हुन आजको अति आवश्यक मानिन्छन । देशमा बिधमान संकट आईरहँदा पनि यसको समाधन प्रति राज्यको चासो नहुदा कतै देश आफ्गानीतान जस्तो नहोला भन्न सकिदैन ।
मगर, गुरुङलगायत आदिबासी जनजातीले बिश्वभर देश नेपालको परिचय बहादुरको नामले चिनाउन सफल रहेका छन् । यसको फलस्वरुप आफ्नो माटोमा गुलामीको बिल्ली बन्नु परेको छ ।
अब पनि सक्षम यूवाहरु र सचेत आमाबुवाहरु आफ्ना छोराछोरीलाई स्वदेशमा लोकसेवा तथा आत्मनिर्भर व्यवसाय तिर लाग्न प्रेरणा दिनुपर्छ ।
यसरी नै देश सामान्तीको जालो तोड्दै आफ्नो शिक्षालाई राष्ट्रको माटोमा बलिदान दिन तयार हुनुपर्छ । यसरी सम्पूर्ण आदिबासी जनजाती शिक्षित यूवाहरु बिगतका गल्तिलाई स्वकार्दै बर्तमान यात्राहरु सर्पार्दै जानु बिकल्पको एउटा पाटो हो ।
डा.हर्क गुरुङले ’जनजाति सेरोपेरो’ नामको आफ्नो किताबमा राणाशासकले गोर्खा भर्तीलाई कूटनीतिक मुद्दाको रुपमा प्रयोग गरेको बिश्लेषण गरेका छन् जुन गोर्खा भर्तीको यथार्थसँग सबै भन्दा नजिक मानिन्छ । यस्तै म्यारी डेस चिनेले आफ्नो किताब ’अ एक्चुअल हिस्टोरी अफ द गुर्खाज’ मा पनि गोर्खा सैनिकलाई राणा र अंग्रेजले कूटनीतिक सिक्का नै मानेको दाबी गरेका छन् । त्यसको प्रभाव अहिलेको पूस्ता माझ परिरहेको छ । –संजय सिजाली मगर

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर