काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बुधबार सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा भएको थियो ।
