सिन्धुली । सिन्धुलिको फिक्कल गाउँपालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको छ । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एबम सिन्धुली क्षेत्र न. १ प्रतिनिधि सभा सदस्य गणेश कुमार पहाडीले सो भवनको शिलान्यास गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार,प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद न्यौपाने, विभिन्न राजनैतिक दलका स्थानिय प्रतिनिधीहरु, बुद्धिजिवी,जग्गा दाता तथा कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सो शिलान्यास कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष धन बहदुर कार्कीले गरेका थिए । त्यसै गरि नयाँ बन्ने भवनको बिस्तृत जानकारी गाउँपालिकाका इन्जिनियर सागर दुलालले प्रस्तुत गरेका थिए ।

