रामेछाप । प्रगतिशिल युवा समाज, दोरम्बाले सुनापति गाउँपालिको स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सुनापति गाउँपालिका–१ गुन्सी स्वास्थ्य चौकीमा संचालित उक्त आइसोलेसन वार्डलाई समाजले अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
उक्त आइसोलेसनलाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र  ग्लोब्स २०० पिस लगायतका स्वास्थ्या सामाग्री सहयोग गरेको संस्थाका सदस्य सुशिल चौलागाईँले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य सामाग्रीमध्ये ५ थान अक्सिजन सिलिन्डर, पीपीई सेट १० थान, फेस सिल्ड १० थान भने राष्ट्रिय आविष्कार केन्द्रले प्रगतिशील युवा समाजलाई सहयोग स्वरुप प्रदान गरेको चौलागाईँले जानकारी दिनु भयो ।
त्यस्तै, आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता प्रदान गर्ने भएकोले उनले अरु सहयोगी हातहरुलाई अगाडि आउन समेत आग्रह गर्नु भयो ।
सुनापति गाउँपालिका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठलगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको चौलागाईले जानकारी दिनु भयो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर