सिंगार्चे । दोरम्बा गाउँपालिका– ३ निवासी तथा टोकरपुर पूर्वगाविस अध्यक्ष पूर्णबहादुर थापा मगरलाई विहीवार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
वडा नं. ५ पुन्चेत–गुन्साल सडकमा खुकुरीसहित सडक निर्माण अवरोध गरेको भन्ने खबर प्राप्त हुनासथ इलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको प्रहरीले उनलाई एक थान खुकुरीसहित पक्राउ गरेको हो । सडक निर्माणको क्रममा ठेकेदार र डोजर चालकलाई आफ्नो जग्गामा सडक निर्माण नगर्न धम्की दिएको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका थापा मगर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । उहाँले भन्नुभयो –आफू सडक निर्माणमा अवरोध नगरेको र खुकुरी दाउरा काट्न लगेको प्रतिक्रिया दिएका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर