सिंगार्चे । दोरम्बा गाउँपालिका–३ टोकरपुर र ४ गौश्वराको संगमस्थल  रमणीय, सुन्दर पर्यटकीयस्थल बस्सेमा सडक संजाल जोडिएको छ । दोरम्बा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ बाट बिनियोजित ४० लाख बजेटबाट सुरु भएको निर्माणकार्य आइतवार विहान बस्केमा सडक जोडिएको हो । यो सडक जोडिएसंग गौश्वराबासीलाई दोरम्बा गाउँपालिका कार्यालयमा आवतजावत गर्न सहज भएको छ । त्यस्तै बस्सेबाट ठूलो शैलुङ आवतजावत गर्न दुबै वडाका स्थानीयवासीलाई पनि सहज भएको छ ।
शनिवार दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं तामाङ, प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनी, वडाध्यक्ष लाल बदन मगर, नेकपा(माओवादी केन्द्र) दोरम्बा गाउँपालिका संगठन अध्यक्ष हिरा बहादुर श्रेष्ठ, नेपाली कांग्रेस सभापति लब बहादुर थापा मगर, नेकपा(एमाले) ३ नंम्बर वडा कमिटि अध्यक्ष भिम बहादुर थापा मगरलगायतको टोलीले सडक अनुगमन गर्नु भएको थियो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर