काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जीत बहादुर मगरले नेपाली कांग्रेसले अब आउने निर्वाचनमा गठबन्धन नगरेर एक्लै चुनाव लड्नुपर्ने बताउनु भएको छ ।
झोर्लेखबरसंग संक्षप्ति कुराकानी गर्दै उहाँले भन्नुभयो – राजनीतिक दल कुनै उद्योग होइन, सेवाका लागि खोलिएको हो । राजनीतिक दलहरुको अ–आफ्नै गन्तब्य हुन्छ । कम्युनिष्ट र हाम्रो गन्तब्य नै फरक छ भने गठबन्धन गर्नुको कुनै औचित्य छैन । स्थानीय तहको निर्वाचनमा त्यहाँको आवश्यकता आधारमा को–कोबीचमा कोसंग गठबन्धन गर्ने हो अलग कुरा हो । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि हालतमा गठबन्धन हुनुहुदैन ।
विगतका निर्वाचनहरूमा पनि कांग्रेस एक्लै चुनावमा लड्दै आएको मगरले स्मरण गर्दै भन्नुभयो– नेपाली कांग्रेस फेरि पनि एक्लै चुनाव लड्नु पर्छ ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर