काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित हुनु भएको छन् ।
दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ मत खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याउनु भएको थियो । उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाएका थिए ।


लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन् । पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए । उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए । सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर