काठमाडौं । कोरोना भाइरसलबाट नेपाली पनि प्रभावित भएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनले नेपाललाई १० लाख डोज खोप अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।
बुधबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पुष्टि गर्नुभएको छ ।
उहाँले ट्वीटरमार्फत भण्डारी र सीको तस्वीर राख्दै खोप आउने जानकारी गराउनुभएको हो । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर