कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार बिहान धनगढीमा आयोजित कार्यक्रममा सो घोषणा गर्नु भएको हो । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताउनु भयो । उहाँले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताउनुभयो । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवा सुविधा नलग्ने घोषणा पनि गरेका छन् । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताउनु भयो ।
२०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । तर उनी नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित भएका थिए । मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए ।
चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिएका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर