२०७८ साउन २० गते , थामचौर । दोरम्बा शैलुङ गाउँपालिका–५ को कल्लेरी–गुन्साल खोलामा काठको अस्थायी पुल निर्माण गरेको छ । वर्षायमको समयमा बालबालिका र स्थानीयवासीहरुलाई खोला तर्न असहज भएपछि वडा कार्यालयको पहलमा अस्थायी काठको पुल निर्माण गरेका जनाएको छ । वडाध्यक्ष गंगाबहादुर तामाङका अनुसार झन्डै १०० जना वडावासीको उपस्थितमा आज बुधवार विहान ८ बजेदेखि अस्थायी काठकों पुल निर्माण गरेको बताउनुभयो । यो पुल निर्माण पश्चत वडा नं. ५, ६ र ७ का स्थानीयवासीहरुलाई पालिका आवतजावत गर्न सहज भएको छ । अस्थायी पुल निर्माणमा वडावासीको श्रमदान र खानाको व्यवस्था वडा कार्यालयले गरेको वडाध्यक्ष तामाङले बताउनु भयो ।



