रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वरामा एमाले र कांग्रेस परित्याग गरि एक दर्जनभन्दा बढी माओवादीमा प्रवेश भएका छन् ।
विहीवार दोरम्बा शैलुङ गाउँपालिका–४, पासेवनमा भएको माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला, प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् । नेकप(माओवादी केन्द्री) प्रदेश कमिटी सदस्य एवं दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष कमान सिं तामाङको प्रमुख आतिथ्यता र पार्टी अध्यक्ष हिरा बहादुर श्रेष्ठ सहभागि भेलामा माओवादी प्रवेश गर्नेहरुमा दिपक नगरकोटी, मिन बहादुर थापा मगर, ओम बहादुर मगर, सरिमाया मगर, मेघ बहादुर मगर, निल माया मगर, पदम रजान मगर, सन्त कुमारी मगर, विना कुमारी मगर, तक बहादुर श्रेष्ठ, विर बहादुर मगर, राम्ररी नगरकोटी, नरब मगर, गिरिज मगर, सन्दीप मगर, विज्ञान श्रेष्ठ, सरोज मगर, सुमन मगर, आदित्य मगर, राम थापा मगर, प्रकाश थापा मगर, कमल मगर, विशाल श्रेष्ठ, मनोज थापा मगर, टक बहादुर मगर, विरेन्द्र वि.क, धन बहादुर तामाङ, रोहित नगरकोटी, पूर्ण नगरकोटी,पदम बहादुर मगर, राजु तामाङ , ल्हाक्पा तामाङ, पूर्ण थापा मगर, सुरेन्द्र मोक्रान, राम बहादुर तामाङ, बुद्धिमान तामाङ, सुकमान तामाङलगायत रहेका छन् ।
कार्यक्रममा वडाध्यक्ष चन्द्र बहादुर मगर‘टलक’, वडाध्यक्ष रेम बहादुर थापा मगर, वडा सदस्य रेतु मगर(रोहित)लगायतको सहभागी रहेका थिए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर