टोकरपुर । दोरम्बा शैलुङ गाउँपालिकामा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । १० वटा माध्यमिक विद्यालय सहभागी रहेको प्रतियोागिता माघ १९ गते सम्पन्न भएको छ । पालिका अध्यक्ष मैन कुमार मोक्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष खमला थापा मगरको विशेष आतिथ्यतामा भएको प्रतियोगितामा कालिका मावि पहिलो हुन सफल भएको छ भने काकलिङ  मावि दोस्रो भएको छ । त्यस्तै कण्ठेश्वर मावि तेस्रो भएको छ । विजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष मैनकुमार मुक्तान, उपाध्यक्ष खमला थापा मगर, वडाध्यक्षलगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम शिक्षा शाखा अधिकृत धनध्वज लामाले संचालन गर्नु भएको थियो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर