रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मैन कुमार मोक्तान(मदन) र उपाध्यक्ष खमला थापा मगरले पदभार ग्रहण गरेका छन् । दुबै जनाले शुक्रवार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणको अवसरमा दोरम्बा शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष कमान सिं तामाङ, निवर्तमान उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटा, विभिन्न राजनीतिक दलका प्रनिधिनिधीहरु, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
पदभार ग्रहण अघि उपाध्यक्ष खमला थापा मगर, निर्वाचित वडाध्यक्ष र सदस्यहरुले अध्यक्ष मैन कुमार मोक्तान समक्ष सपथग्रहण गरेका थिए ।
त्यस्तै निवर्तमान जनप्रतिनिधिहरुलाई पनि विदाई गरिएको छ । निवर्तमान अध्यक्ष कमान सिं तामाङ, उपाध्यक्ष कृशला घिसिङ, वडाध्यक्ष र सदस्यहरुलाई खादा र टिका लगाएर विदाई गरिएको थियो ।

 

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर