रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ का एमाले वडाध्यक्ष उम्मेदवार प्रेम कुमार लामा विजयी भएका छन् । लामाले नेकपा(माओवादी केन्द्र) पाँच दलीय गठबन्धनका उम्मेदवार भक्त बहादुर थामीलाई १०३ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
लामाले ११४३ मत प्राप्त गर्नु भएको थियो भने प्रतिस्पधी भक्त बहादुर थामीले १०४० मत प्राप्त गर्नु भएको थियो । त्यस्तै एमलेका महिला सदस्य संगीता थापा, दलित सदस्य मिठे कामी, सदस्य मंगले थामी र मविन श्रेष्ठ विजयी भएका छन् । २३८० मत खसेको यस वडाबाट एमाले अध्यक्ष उम्मेदवार टंक प्रसाद चौलागाईलाई ११२६ र उपाध्यक्ष मुना कँडेल(थापा)लाई १११५ मत प्राप्त भएको छ । त्यस्तै माओवादी–कांग्रेस गठबन्धनका अध्यक्ष उम्मेदवार मैन कुमार मोक्तानलाई १०२६ र उपाध्यक्ष खमला थापा मगरलाई ९१४ मत प्राप्त भएको छ ।
यस वडामा पाँच सत्तारुढ दलको गठबन्धन रहेको थियो ।



