रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार मैन कुमार मोक्तान र उपाध्यक्षमा नेपाली कांग्रेसकी खमला थापा मगर विजयी हुनु भएको छ । उहाँहरुले नेकपा(एमाले)का अध्यक्ष उम्मेदवार टंक प्रसाद चौलागाई र मुना कँडेल(थापा)लाई पछि पार्दै विजयी हुनु भएको हो । अध्यक्षमा मैन कुमार मोक्तानले ६२७० मत पाउनु भएको छ भने उपाध्यक्ष खमला थापा मगरले ६७८१ मत पाउनु भएको छ । त्यस्तै टंक प्रसाद चौलागाईले ६१५० र मुना कडँेलले ५३१० मत प्राप्त गर्नु भएको छ ।
बैशाख ३१ देखि सुरु भएको मतगणना जेठ ४ गते मध्यराती सम्पन्न गरेको छ । मतगणना नतिजा अनुसार वडा नंं.१ मा वडाध्यक्ष नेकपा(एमाले)का उम्मेदवार प्रेम कुमार लामासहित प्यानलले जितेको छ । त्यस्तै वडा नं.२ मा नेकपा(माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार मेचमान तामाङको प्यानल जितेको छ । वडा नं.३ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार सन्तलाल थापा मगरले जितेको छ भने दुई सदस्य माओवादी केन्द्र र दुई सदस्य एमालेले जितेको छ । वडा नं.४ मा नेपाली कांग्रेसका श्यामलाल घिसिङ वडाध्यक्षमा विजयी भएका छन् भने ४ सदस्य माओवादी केन्द्रले जितेको छ । वडा नं.५ मा नेकपा(माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार गंगा बहादुर तामाङ(कमान)सहित प्यानल विजयी भएका छन् । वडा नं.६ मा नेकपा(एमाले)का वडाध्यक्ष उम्मेदवार टीका प्रसाद गौतमसहित प्यानल विजयी भएका छन् । वडा नं. ७ का नेकपा(माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार प्रविन कुमार मोक्तानसहित गठबन्धन प्यानल विजयी भएका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर