टोकरपुर । दोरम्बा गाउँपालिका वडा नं. ४ मा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि वडा कार्यालय केही क्षेत्रमा शिल गरेको छ । वडाध्यक्ष चन्द्र बहादुर मगर‘टलक’ले  एक सूचना प्रकाशित गरी सो कुरा जनाएका हुन् । सूचनामा भनिएको छ –वडा नं. ४ मा पनि कोरोना प्रमाणित भएको हुँदा खारपानी, खर्सुबथान, गुफा, बर्सुनी क्षेत्रमा केही हप्ताका लागि शिल गरिएको छ । परम्परा विवाह, वर्तबन्ध, भोजभतेरजस्ता समय अनुकुल नभएकोले सम्पूर्ण वडावासीमा सतर्क र सजग रहन अनुरोध छ ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर