दोरम्बा गाउँपालिकामा गरिएको पछिल्लो पीसिआर परिक्षणमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत शनिवार दोरम्बा गाउँपालिकाको वडा नं. ६ , ७, ३, २, १, ५ गरी ६० जनाको पीसिआर परिक्षणका लागि श्वाव संकलन गरिएको रिपोर्ट आएको हो । रिपोर्टमा दोरम्बा गाउँपालिका उपाध्यक्षसहित ११ जनामा संक्रमण पुष्टि भएको दोरम्बा प्राथमिक अस्पतालका डाक्टर सन्तोष श्रेष्ठले जानकारी दिनु भयो । संक्रमित हुने वडामा वडा नं. २ को दुई जना, वडा नं. ३ को एक जना र अरु सबै ६ नं. वडाको रहेको जनाएको छ ।
