सिंगार्चे । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) रामेछापले दोरम्बा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँपालिका अध्यक्ष कमान सिं तामाङलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला कमिटी रामेछापका संयोजक टंक घतानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– विद्यालयमा लामो समयदेखि नियमित पठनपाठन हुन नसक्दा ग्रामिण भेगामा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य नै अन्धकारतर्फ गैरहेको छ । त्यसकारण उक्त विषयलाई ध्यानमा राखी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा निम्न उल्लेखित बुँदाँहरुमा आवश्यक बजेटको व्यवस्था गरी शैक्षिक क्षेत्रमा सकारात्मक सुधारको निम्ति ध्यानाकर्षण गराउँछौं ।
१– निशुल्क कोचिङ( थप कक्षा) संचालन
२– महिनाको २ पटक विद्यार्थीहरुको सामान्य स्वास्थ्य परिक्षण
३– प्रत्येक शैक्षिक संस्थाबाट एस.ई.ई. उत्रीर्ण उत्कृष्ट पाँच विद्यार्थीहरुका लागि प्राविविधक शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था
४– एक विद्यालय, एक पुस्तकालयको व्यवस्था
५– अपाङ्ग, असहायमैत्री कक्षा संचालन
६– व्यवसायिक तथा प्राविधिक शिक्षा मा.वि. तहदेखि सबै विद्यालयहरुमा आवश्यक नीति निर्माण गरी तत्काल लागू गर्ने ।
७– साना व्यवसाय संचालनको लागि शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गारउने व्यवस्था

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर