दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं तामाङको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुधवार दोरम्बा र टोकरपुरमा १३३ जनाको पीसीआर परिक्षणका लागि श्वाव संकलन गरिएको थियो । दोरम्बा गाउँपालिका स्वास्थ्य प्रमुख कमल भट्टराई अनुसार १३३ जना सबैको रिपोर्ट आइसकेको छैन । बेलुकासम्म सबैको रिपोर्ट आइ सक्ने उहाँले बताउनु भयो । त्यस्तै सोही दिन संकलन गरिएको दोरम्बा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनीको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । इलाका प्रहरी कार्यालय टोकरपुरमा कार्यरत एक प्रहरी जवानको भने पीसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
फोटो पुरानो फाइलबाट
