टोकरपुर जेष्ठ ७ । दोरम्बा गाउँपालिकामा पीसिआर परिक्षणबाट हालससम्म १३२ जनामा कोरोना पुष्टि भएको छ । दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं तामाङले दिएको जानकारी अनुसार हालसम्म १३२ जनामा कोरोना पुष्टि भएको छ भने ६३० जनाको पीसिआर परिक्षण भएको छ ।
त्यस्तै १७५ जनाको पीसिआर रिपोर्ट आउन बाँकी रहेको छ । १० जना कोरोना बिरामी डिस्चार्ज भइसकेका छन् । दोरम्बा गाउँपालिकामा कोरोना जित्न क्रम जारी रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । संक्रिय संक्रमित संख्या १२२ जना छ । दोरम्बा प्राथमिक अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । अन्यत्र जस्तै दोरम्बा गाउँपालिकामा अधिकांश कोरोना संक्रमितहरु घरमै आइसोलेसनमा बसिरहेका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर