सिंगार्चे । दोरम्बा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न सफल भएको छ । दोरम्बा गाउँपालिकाले निषेधाज्ञाको समयमा पनि सामाजिक सुरक्षा भत्ता घर–घरमै वितरण गरेको छ ।
आइतवार दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं तामाङ, ग्लोबल आइएमइ बैंकका कर्मचारीसहितको टोलीले सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगेर वितरण गरेका हो । दोरम्बा गाउँपालिका र ग्लोबल आइएमई बैंकबीच ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई मात्र घर–घरमा भत्ता वितरण गर्ने सम्झौता भएता पनि कोरोना महामारीका कारण सबै जेष्ठ नागरिकहरुलाई यस पटक घर–घरमा पुगेर भत्ता वितरण गरेको छ ।
अध्यक्ष कमान सिं तामाङका अनुसार आज वडा नं. ६ र ५ मा भत्ता वितरण गरेको छ । केही दिन अघि वडा नं. ७ मा वितरण भएको थियो ।
अब वडा नं. ४, वडा नं. १ र वडा नं. ३ को केही भागमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाँकी रहेको छ । मौसमले साथ दिएमा बाँकी वडामा पनि जान्छु ।
कोरोना महामारीका कारण देशभर निषेधाज्ञाका बेला जेष्ठ नागरिकहरुले घरघरैमा सामाजिक सुरक्षा भत्ता पाउँदा खुशी भएका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर