दोरम्बा गाउँपालिका वडा नं. ५ को रजमन्टारमा १७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रत्येक घरको एक जनाको दरले केही दिन अघि २८ जनाको पीसिआर परिक्षणका लागि श्वाव संकलन गरिएको थियो । दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं तामाङले रजमन्टारमा १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । रजमन्टारमा १०० भन्दा बढी स्थानीयवासी विरामी रहेको छ ।
विश्वरभर महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड १९ को संक्रमण दोरम्बा गाउँपालिकामा पनि तीब्र रुपमा बढेको भन्दै दोरम्बा गाउँपालिका कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।
पढ्नुहोस जारी सूचना

 

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर