सिंगार्चे । रामेछापको दोरम्बा गाउँपालिकाका थप एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन कीट टेस्टमार्फत गरिएको परिक्षणमा २ नं. वडाध्यक्ष खडक बहादुर श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो । दोरम्बा गाउँपालिकामा कोरोना भाइरस तीब्र रुपमा बढ्न थालेपछि दोरम्बा प्राथमिक अस्पताल व्यवस्थापनमा खटिनु भएका वडाध्यक्ष श्रेष्ठसहित ४ जनाको शनिवार एन्टिजेन टेस्ट गर्नु भएको थियो । रिपोर्टमा वडाध्यक्ष श्रेष्ठसहित ३ जनाको पोजेटिभ आएको हो ।
यसअघि उपाध्यक्ष कृशला धिसिङ, वडा नं. ७ का वडाध्यक्ष रेमबहादुर थापा मगरमा पनि पीसिआर परिक्षणमा कोरोना देखिएको थियो ।
