काठमाडौँ । संचारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह–संयोजकमा मनोनयन भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री एबं तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाई एक कार्यक्रमबीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।
संचारकर्मी सुर्य चन्द बिगत २ दशकभन्दा बेसी समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन् । संचार क्षेत्रलाई राम्रोसंग बुझेका सुर्य चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका छन् । विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनी नेपाली सिने उद्योगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन् । युवा नेता सुर्य चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सबको आयोजना गर्दै युवा वर्गलाइ स्वरोजगार बनाउने देखि देशको आर्थिक विकाशमा समेत योगदान पुर्याउदै आएका छन् ।
तरुण नेता सुर्य चन्दलाई नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह–संयोजक“मा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्वमन्त्री शंकर भण्डारीले बताएका छन् ।
आफुले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागि पर्ने कुरा युवा नेता सुर्य चन्दले जानकारी गराएका छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर