काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।
देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका प्रकोप घोषणा गरिन्छ ।
डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई प्रकोपकै रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गर्न प्रस्ताव गरेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । केही दिनभित्रै सरकारले डेंगुलाई प्रकोपको रूपमा घोषणा गर्नसक्ने इडीसीडीका अधिकारीहरुको भनाइ छ ।
हालसम्म ७५ जिल्लाबाट १६ हजार ५८७ जनामा डेंगु पुष्टि भइसकेको छ । डेंगी संक्रमणबाट २० जनाको मृत्यु भइ सकेको छ । यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर