गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद ईटालीको सातौ महाधिवेशन सम्पन्न भएको छ। ९ जना सदस्य सहितको कार्यसमितिको कोषाध्यक्षमा भने दिर्घा माया मगर निर्वाचित भएको हो। संघको कोषाध्यक्षमा निर्बिरोध निर्वाचित भएर जिम्मेवार पाए लगत्तै झोर्लेखबर संग कुरा गर्दै भन्नुभयो कार्यसमितिको कोषाध्यक्षमा निर्वाचित गराएर जिम्मेवार प्रदान गर्नुभएकोमा सर्वप्रथम त सबैप्रती धन्यवाद र आभार ब्याक्त गर्न चाहान्छु। र आगामी दिनहरुमा यहाँहरुको साथ ,सहयोग र बिश्वासको कदर गर्दै बुद्धी र बिबेकले भ्याए सम्म आफ्नो जिम्मेवारीलाई ईमान्दारी पूर्वक निभाउने बाचाका साथ आगामी दिनहरुमा पनि यहाँहरुको साथ ,सहयोग , हौसला र सुझाबको अपेक्षा राख्दै इटाली भित्र रहेका नेपाली हरु को सुख दुखमा साथ दिने,सधै सामजिक कार्यमा संलग्न भएर निरन्तर सामाजिक काममा सक्रियता रहने र बिशेष गरि म आफु महिला भएको नाताले अरु महिलाहरुलाई पनि सामाजिक सघ सस्थामा कसरी सहभागी गराउन सकिन्छ भन्ने बिषयमा बढी जोड दिनेछु र महिलाले पनि अबसर पायो भने केहि गर्न सकिन्छ भन्ने उदारणिय कार्यक्रमहरुको परियोजना बनाउने कुरामा निरन्तर लागि पर्ने बताए। त्यस्तै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटलीको २०२१ -२३ सम्मको कार्य समितिका लागि आह्वान गरिएको उम्मेदवारी मनोनयन पत्र दर्ता, उम्मेदवारी मनोनयन पत्र माथि दाबी बिरोध र उम्मेदवारी फिर्ता लिने अबधि २१ जुलाई २०२१ सम्म खुलाईएको थियो ।उक्त पदहरुमा आह्वान गरेअनुसार एक जना भन्दा बढी को उम्मेदवारी नपरेकोले सबै उम्मेदबार निर्विरोध मनोनयन भएको थियो।आइ सी सी सदस्यस् राजन चापागाईं अध्यक्ष , छबिलाल कंडेल उपाध्यक्ष भुवन नियोग लिम्बु महासचिव भवेश कुमार सिंह सचिव अशोक उप्रेती कोषाध्यक्ष दिर्घा माया मगर युवा प्रतिनिधि श्याम खरेल महिला प्रतिनिधि बिना मगराती सदस्य सिरज कार्की लगायतको प्रतिनिधी सदस्यहरु चयन भएको छ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर