गोरखा । एक समारोहकाबीच प्रहरी चौकी भुम्लिचोकको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरको अध्यक्षता तथा गोरखा जिल्ल्लाका प्रमुख जिल्ला अधिकारि शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक शेखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी, ससस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर, गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारी, राजनीतिक दलका प्रतिनिधि गण्डकी गाउँपालिकाका वडा अध्यक्षलगायत सर्बसाधारणको उपस्थिति रहेको थियो । गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारीले बिशेष धन्यबादसहित आगन्तुक हरुको स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा गण्डकी गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष जीवन गुरुङले कार्यकालको उतरार्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु खुसीको कुरो रहेको धाराणा ब्यक्त गर्नु भयो । साथै राजनैतिक दलका प्रतिनिधि भिम श्रेष्ठले जनप्रतिनिधिहरुको कार्यकालको उत्तरार्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु यस क्षेत्रको गर्वको बिषय रहेको धाराणा ब्यक्त गर्नुभयो ।
त्यसै गरि प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आबश्यक समन्वय गर्नुहुने गाउँपालिका अध्यक्षलगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै खटि आउने प्रहरी टिमले जनताका लागि शान्ति सुरक्षा र आवश्यक अन्य सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख जिल्ला अधिकारीले प्रहरीहरुलाई प्रभाव, दबाब र रबाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभयो । साथै गाउँपालिकाभित्र अध्यक्ष, वडा अध्यक्ष र प्रतिनिधिहरुसंग आबश्यक समन्वय गरि काम गर्न समेत निर्देशन दिनुभयो ।


गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगरले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न आग्रह गर्नु भयो । प्रहरी चौकी स्थापनाको लागि आबश्यक सहयोग र समन्वय गर्नु हुने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा जग्गादाताहरुमा बिशेष धन्यबाद ज्ञापन कार्यक्रमको समापन गर्नुभयो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर