२०७८ बैशाख २८ गते । एमाले नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भएपछि मनमोहन अस्पताल, काठमाडौंमा उपचाररत चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।
चौलागाईं २०५६ सालमा दोलखाबाट प्रतिनिनि सभा सदस्य निर्वाचित हुनुभएको थियो भने दोस्रो संविधान सभामा समानुपातिकतर्फ संविधानसभा सदस्य हुनुभएको थियो ।
२०७४ को निर्वाचनमा दोलखा ‘ख’बाट वाग्मती प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । चौलागाईंको निधनप्रति एमाले नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
