ओखलढुंगा । नेपाली कांग्रेसको आसन्न १४ औँ जिल्ला अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको संघारमा जिल्ला कार्यसमिति पदाधिकारीदेखि क्षेत्रीय पदाधिकारीहरुमा आ–आफ्नो राजनैतिक क्षमता, योगदान र पहुँच अनुसार आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् । त्यस्तै उम्मेदवार घोषणा गरेसंगै चम्पादेवी गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै इन्द्र केसीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको सदस्य पदमा उम्मेदवार घोषणा गरेका छन् ।

चम्पादेवी गाउँपालिका लगायत जिल्लाका अधिकांश क्षेत्रको क्षेत्रीय प्रतिनिधि, युवा वर्ग र अग्रज नेतृत्वको अत्यधिक समर्थन पाएका केसी लामो समयदेखि नेवि संघमा आबद्ध भएर योगदान पु¥र्याएका छन् । त्यस्तै उनी नेपाल तरुण दलको चम्पादेवी गाउँपालिकाको संयोजक हुदै हाल तरुण दल प्रदेश विभाग सदस्य समेत रहेका छन् । त्यस्तै लामो समयदेखि निरन्तर सामाजिक कार्यमा आबद्ध भएर योगदान पु¥र्याएका केसीलाई आसन्न महाधिवेशनमा जिल्ला सदस्य पदमा अत्यधिक मतले बिजय गराउन सबै क्षेत्रीय प्रतिनिधि, अग्रज नेतागण, युवा वर्ग तथा शुभचिन्ताजनहरुलाई सहयोगको लागि अपिल गरेका छन् । उम्मेदवार केसीले संक्षिप्त घोषणा–पत्र जारी गर्दै उनले ओखलढुंगाको नेपाली कांग्रेसलाई संस्थागत र बैचारिक संगठन निर्माणको लागि, राष्ट्रियता लोकतन्त्र समाजबाद, हामीभित्र ‘म’, सबै अट्ने देश–सबैलाई जोड्ने काँग्रेस’ नेपाली कांग्रेस ओखलढुंगा पार्टीलाई सुदृढीकरण, सबलीकरण, समावेशीकरण, सहभागितामूलक र युवा नेतृत्वलाई स्थापित गर्दै नयाँ सैद्धान्तिक विचार, दूरदर्शीता, पारदर्शी र निष्पक्ष नेतृत्व सहित सुदृढ कांग्रेस निर्माणका लागि आफ्नो प्यानलसहितलाई जिताउन आग्रह गरेका छन् ।
