२०७८ साउन १७ गते । ‘ओखलढुंगा, कला संस्कृतिको जगेर्ना गरौं, ‘प्रतिभाको सम्मान गरौ’ भन्ने मुल नाराका साथ लाईफ ओके टेलिभिजनबाट प्रसारण भइरहेको जस्ट डान्स स्टार रियालिटी शोको प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उक्त प्रतियोगितामा ओखलढुंगा चम्पादेवी गाउँपालिका–१, पलापुका १३ वर्षीया पुजा मगर टप ६ मा पुग्न सफल भएकी छन् । उक्त प्रतियोगितामा राजधानी तथा बाहिरबाट ६० जनाले अडिसनमा भाग लिएका थिए । उक्त प्रतियोगिताको टप ६ मा पुग्नेमा पुजा मगर सबैभन्दा उत्कृष्ट प्रस्तुती दिएर अत्यधिक भोट पाएका एक प्रतियोगी हुन् । उनले यसअघिको विभिन्न डान्स प्रतियोगिताहरुमा सहभागी भई विभिन्न पुरस्कार र सम्मान समेत पाएका थिए ।


लाइफ ओके टेलिभिजनमार्फत हरेक शुक्रबार साझ ८ बजेदेखि सुरु हुने प्रतिस्पर्धामा टप ६ मा पुगेका प्रतिस्पर्धीहरुलाई दर्शकबाट सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतियोगि नै विजेता बन्ने नियम रहेको आयोजकले जनाएको छ । आफूलाई मन परेका प्रतियोगीलाई प्ले स्टोरमा गएर प्रभु पे एप डाउनलोड गरी अनलाइन मार्फत भोट गर्न सकिनेछ । सानै देखि डान्समा रुचि राख्ने पुजा मगर कक्षा ८ मा पढ्दैछन् । उनको अस्थायी बसाई ललितपुरको सुन्धारामा रहेको छ, सुन्धारामा उनको बसाई नेपालको चर्चित डान्स रियालिटी शो बुगीबुगी डान्स कम्पिटिसनका बिजेता कविता नेपालीको छिमेकी रहेको र उनकै प्रेरणा, हौसला र मायासाथ सहयोगले पुजा मगर अझै अगाडी बढ्न सहयोग मिलेको बताए ।
पुजा र उनका परिवारजनले नेपाल र विश्वभर रहेका नेपालीहरुसंग पुजालाई अनलाइनमार्फत भोट दिएर जिताउन अपिल गरेका छन् । पुजाका बुबा लेख बहादुर मगरले कुरा गर्दै भने–“ईन्टरनेटको पहुँचमा रहेका संसारभरका नेपालीहरुलाई पुजा मगरलाई भोट गरि जिताउन अनुरोध गर्दछु साथै ओखलढुंगाका देश विदेशमा रहेका आम दर्शकलाई अन्त्यधिक भोट गर्न अपिल गर्दछु र पुजा मगरलाई भोट गर्नको लागि प्रभु पे एप डाउनलोड गरि सुरुमा फ्री भोट गरि उक्त एपबाट JD M 008 मा भोट गर्न सकिने बताए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर